Acts 9:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“दमस्कसको सभाघरका शासकहरूलाई मेरो परिचय दिँदै पत्र लेखिदिनुहोस्,” भनेर अनुरोध गरे। “दमस्कस गएर त्यो मुक्ति पाइन्छ भन्ने बाटोमा लागेका पुरुष र स्त्रीसमेत सबैलाई खोजी-खोजी पक्रेर यरूशलेममा ल्याउन पाऊँ,” भनी तिनले अधिकार मागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिनले त्यस मार्गका पुरुष होस् वा स्त्री, जसलाई फेला पारे पनि तिनीहरूलाई बाँधेर यरूशलेममा ल्याउन पाऊँ भनी दमस्कसका सभाघरहरूको नाउँमा पुर्जी मागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र दमस्कसमा भएका विश्वासी पुरुष र स्त्रीलाई बन्दी बनाई यरूशलेममा ल्याउनका निम्ति त्यहाँका सभाघरहरूका नाममा पत्रहरू मागे।
Nepali ERV (पवित्र बाइबल)
शावलले प्रधान पूजाहारीलाई दमीशकको शहरमा सभाघरहरूका यहूदीहरूलाई ख्रीष्टका मार्ग पहिल्याउनेहरू खोजी निकाल्ने अधिकार दिँदै चिट्ठीहरू लेखी माँगे। उसले यदि कुनै पुरुष वा स्त्री विश्वासीहरू भेट्टाए तिनीहरूलाई पक्रेर यरूशलेम फर्काई ल्याउनेछ।
Nepali Tamang 2011
प्रभुदा विश्वास लबा ह्रेम्फेबेदेन म्रिङम्हेमे न्हङला जो स्याप्सै खीसी यरूशलेमरी भम्याङ्गै भिसी दमस्कस भिबा ग्लाला यहूदीगदे ह्रुप तबा दिमला नेतागदेला लागिरी चिठी भ्रिसी पिन्गो भिसी चिठी ह्रीजी।