Acts 9:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरूशलेम फर्केपछि शाऊल प्रभु येशूका चेलाहरूसँग मिल्‍न खोजे। तर चेलाहरू शाऊलसँग डराए किनभने उनी साँच्‍चै प्रभुका चेला हुन् भनेर तिनीहरूले विश्‍वासै गर्न सकेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी यरूशलेममा आएपछि तिनले चेलाहरूसँग मिल्‍ने प्रयत्‍न गरे। तर तिनीहरूलाई उनी चेला हुन्‌ भन्‍ने पत्‍यार नहुँदा सबै तिनीसँग डराए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यरूशलेममा आएपछि तिनले चेलाहरूसँग मिल्न खोजे। तर तिनीहरू सबै जना उनीसँग डराए; किनकि शाऊल पनि चेला भइसकेको तथ्यलाई तिनीहरूले विश्‍वास गर्न सकेनन्।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि शावल यरूशलेमतिर गए। उनले विश्वासीहरूको झुण्डमा सम्मिलित हुन कोशिश गरे तर तिनीहरू उनीबाट डराए। किनभने शावल साँची नै येशूका चेला हुन् भनेर विश्वास गरेनन्।
Nepali Tamang 2011
शाऊल यरूशलेमरी खमाहेन्‍से थेरी मुबा येशूला चेलागदेदेन छ्‌याम ढिक्‍बारी म्‍हाइजी। तर थेनीगदेसे थे येशूला चेला हिन्‍ना भिसी विश्‍वास आतबासे लमा शाऊल म्राङ्सी जम्‍मान लोङ्जी।