Acts 9:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर बारनाबास नाउँ भएका चेलाले शाऊललाई साथ दिँदै प्रेरितहरूकहाँ लगे। शाऊलले बाटोमा प्रभुलाई देखेको र प्रभुले तिनीसँग कुरा गर्नुभएको र त्‍यसपछि तिनले दमस्‍कसमा येशूको नाउँमा साहससँग प्रचार गरेको, सबै कुरा बारनाबासले तिनीहरूलाई बताइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर बारनाबासले तिनलाई साथमा लिएर प्रेरितहरूकहाँ लगे। अनि शाऊलले प्रभुलाई बाटोमा देखेका र प्रभु तिनीसँग बोल्‍नुभएको र तिनले दमस्‍कसमा साहससित येशूको नाउँमा प्रचार गरेका कुरा तिनीहरूलाई बताइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर बारनाबासले तिनलाई प्रेरितहरूकहाँ लिएर गए। दमस्कसको आफ्नो यात्रामा शाऊलले कसरी प्रभुलाई देखे, कसरी प्रभु तिनीसँग बोल्नुभयो, र त्यस सहरमा कसरी उनले साहससाथ येशूको नामको प्रचार गरे, यी सबै कुरा बारनाबासले तिनीहरूलाई बताए।
Nepali ERV (पवित्र बाइबल)
तर बर्णाबसले उनलाई स्वीकार गरे अनि प्रेरितहरू कहाँ ल्याए अनि कसरी शावलले दमीशकको बाटोमा प्रभुलाई देखेका थिए अनि कसरी प्रभु उनिसित बोल्नु भयो सो तिनीहरूलाई वर्णन गरे। अनि उसले शावलले कुनै डर बिना येशूको विषयमा दमीशकमा कसरी प्रचार गरे सो पनि भने।
Nepali Tamang 2011
तर बारनाबाससे मुल चेलागदे मुबा ग्‍लारी शाऊलदा ह्राङदेन छ्‌यामनोन भोर्जी। ओच्‍छे शाऊलसे प्रभुदा ग्‍यामरी म्राङ्बादेन प्रभुसे सुङ्बा तामला बारेरी पाङ्जी। थेह्रङ् लसीन दमस्‍कसरी आलोङ्नान येशूला बारेरी थेःना लजी भिबा ताम बारनाबाससे थेनीगदेदा पाङ्सी पिन्‍जी।