Acts 9:31 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि यहूदिया, गालील र सामरिया क्षेत्रमा भएका सबै मण्डलीहरूलाई ढुक्क भयो। प्रभुका चेलाहरूले पवित्र आत्माबाट साहस पाए र मण्डलीको उन्नति भयो। चेलाहरू परमेश्वरको डर राखेर हिँड्थे र मानिसहरू पनि थपिंदै गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसरी सारा यहूदिया, गालील र सामरियाभरि मण्डलीमा शान्ति भयो र मण्डली सुदृढ़ भयो। प्रभुको भयमा हिँड्दै र पवित्र आत्माको सान्त्वना पाएर मण्डलीमा वृद्धि हुँदैगयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि यहूदिया, गालील र सामरियाका मण्डलीमा केही शान्ति छायो र मण्डली सुदृढ भयो। तब मानिसहरू प्रभुको डरमा जिउन थाले, र पवित्र आत्माद्वारा उत्साह पाएर तिनीहरू संख्यामा वृद्धि हुँदैगए।
Nepali ERV (पवित्र बाइबल)
त्यसरी चारैतिर यहूदीया, गालील र सामरियाका मण्डलीहरूमा शान्ति छायो। विश्वासीहरूको समुदाय पराक्रमी भए किनकि तिनीहरू प्रभुको डरमा बसेका थिए अनि पवित्र आत्माले उत्साहित तुल्याइएका थिए। त्यसैले गर्दा विश्वासीहरूको संख्यामा बृद्धि हुन थाल्यो।
Nepali Tamang 2011
जमाहेन्से यहूदियादेन गालील ओच्छे सामरिया भिबा ग्लारी मुबा जम्मान मण्डलीदा शान्ति तजी। ओच्छे प्रभुला चेलागदेसे परमेश्वरला आत्माग्याम आँट याङ्जी ओच्छे मण्डलीएनोन बढब तजी। चेलागदे परमेश्वरसे कुल्बा अन्छार भ्रमुबा ओच्छे प्रभुदा विश्वास लबा म्हिगदेएनोन ल्हानान तबान निजी।