Acts 9:38 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योप्‍पा लुड्डादेखि धेरै टाढा पर्दैनथ्‍यो र पत्रुस लुड्डामा छन् भन्‍ने कुरा चेलाहरूले थाहा पाए। तिनीहरूले दुई जना मानिसहरूलाई पत्रुसकहाँ यसो भनी पठाए, “दया गरी हामीकहाँ चाँडै आइदिनुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लुड्डा योप्‍पाको नजिक भएको हुनाले, चेलाहरूले पत्रुस त्‍यहाँ छन्‌ भन्‍ने सुनेर तिनीकहाँ दुई जना मानिसलाई यस्‍तो बिन्‍ती गर्न पठाए, “हामीकहाँ ढिलो नगरी आउनुहोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लिड्डाचाहिँ योप्पाको नजिकै थियो। त्यसैले चेलाहरूले पत्रुस लिड्डामा भएको सुनेर तिनीहरूले दुई जनालाई तिनीकहाँ पठाएर अनुरोध गरे, “कृपया तुरुन्तै आउनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
जोप्पामा भएका चेलाहरूले पत्रुस लिड्डामा थियो भन्ने सुने। लिड्डा जोप्पाको छेउमा थियो। यसर्थ तिनीहरूले पत्रुसकहाँ दुइजना मानिसहरू पठाए। तिनीहरूले उनलाई बिन्ती गरे, “दया गरेर हामी भएको ठाउँमा छिटो आउनुहोस्।”
Nepali Tamang 2011
लुड्डा भिबा ग्‍ला योप्‍पा शहरला ङामरीन तबासे लमा चेलागदेसे पत्रुस थेरी मुला भिबा ताम थेःसी, “ङनी मुबा ग्‍लारी योना फेप्‍खउ भिउ” भिसी म्‍हि न्‍हीदा थे मुबा ग्‍लारी पुइजी।