Acts 9:39 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो बिन्‍ती सुनेपछि पत्रुस उठेर तिनीहरूसँग गए। पत्रुस योप्‍पामा आइपुगेपछि मानिसहरूले उनलाई घरको माथिल्‍लो तलामा लगे। विधवाहरूचाहिँ तबीताले बनाएको लुगा देखाएर रुँदै पत्रुसको चारैतिर झुम्‍मिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब पत्रुस उठेर तिनीहरूसँग गए। त्‍यहाँ पुगेपछि तिनीहरूले तिनलाई माथिल्‍लो कोठामा लगे। विधवाहरू सबै तिनको नजिक उभिएर रुन लागे, र डोरकास तिनीहरूसँग हुँदा तिनले बनाइराखेका पोशाक र अरू वस्‍त्रहरू देखाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब पत्रुस तिनीहरूसँग गए, र जब तिनी त्यहाँ पुगे, उनलाई माथि कोठामा लगियो। सबै विधवाहरू उनको चारैतिर उभिएर रुँदै तिनीहरूसँग भएको बेला डोरकासले बनाएका पोशाक र अरू लुगाहरू तिनीहरूले देखाए।
Nepali ERV (पवित्र बाइबल)
पत्रुस तयार भए अनि तिनीहरूसंग लागे। जब तिनी आइपुगे तिनीहरूले तिनलाई माथिल्लो कोठामा लगे। सबै विधवाहरू पत्रुसका वरिपरि रूँदै उभिए। तिनीहरू रोई-कराई विलाप गरिरहेका थिए। तबिता जीउँदो हुँदा बनाएकी कोटहरू साथै अन्य पोषाकहरू तिनीहरूले देखाए।
Nepali Tamang 2011
जमाहेन्‍से पत्रुस थेनीगदेदेन छ्‌याम निजी। थेरी धोखमाहेन्‍से थेनीगदेसे पत्रुसदा तलाथोला कोठारी भोर्जी। जमाहेन्‍से थेरी मुबा ह्रेम्‍बो सिबा म्रिङम्‍हेमेगदे पत्रुसला ङामरी राप्‍सी क्राबान मुबा, ओच्‍छे डोरकास भिबा तबीतासे थेनीगदेदेन छ्‌याम मुबा धुइरी राबा क्‍वान उन्‍जी।