Acts 9:40 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पत्रुसले तिनीहरू सबैलाई कोठाबाट बाहिर निकालेर घुँडा टेकी प्रार्थना गरे। त्यसपछि उनले लाशतिर फर्केर भने, “ए तबीता, उठ!” तिनले आँखा उघारिन् र पत्रुसलाई देखी उठेर बसिन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पत्रुसले तिनीहरू सबैलाई बाहिर पठाएर घुँड़ा टेके अनि प्रार्थना गरे, र त्यस लाशतिर फर्केर भने, “तबीता, उठ!” अनि तिनले आँखा उघारिन्, र पत्रुसलाई देखी उठेर बसिन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस कोठाभित्र भएका सबैलाई पत्रुसले बाहिर पठाए। त्यसपछि उनले घुँडा टेकेर प्रार्थना गरे। मरेकी स्त्रीतिर फर्केर उनले भने, “तबीता, उठ!” अनि तिनले आफ्ना आँखाहरू खोलिन्, र पत्रुसलाई देखेपछि तिनी उठेर बसिन्।
Nepali ERV (पवित्र बाइबल)
पत्रुसले ती सबैजनालाई कोठा बाहिर पठाए। उनले घुँडा टेके अनि प्रार्थना गरे। त्यसपछि तिनी तबीताको मृतशरीरपट्टी र्फकिए र भने, “तबीता जुरूक्क उठ!” उनले आँखाहरू खोलिन्। जब तिनले पत्रुसलाई देखिन्, तिनी उठेर बसिन्।
Nepali Tamang 2011
जमाहेन्से पत्रुससे थेनीगदे जम्मादान मङग्यार पुइसी पुइ जूसी प्रार्थना लजी, ओच्छे थे लासपट्टि च्यासी, “तबीता रेःगो” भिसी भिमा, तबीतासे मी ठोङ्जी ओच्छे थेसे पत्रुसदा म्राङ्सी रेःसी चिजी।