Amos 1:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “एदोमका मानिसहरूले घरिघरि पाप गरेका छन्। यसकारण म तिनीहरूलाई दण्ड नदिई छोड्नेछैनँ। तिनीहरूले आफ्ना इस्राएली दाजुभाइहरूको खेदो गरे र केही दया देखाएनन्। तिनीहरूको रिस दन्कि नै रह्यो र कहिल्यै मरेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु यसो भन्नुहुन्छ: “एदोमका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। त्यसले सबै दयालाई रोकेर एउटा तरवार लिई आफ्ना भाइहरूलाई खेदेको हुनाले, र त्यसको रीस निरन्तर दन्किरहेको र आफ्नो क्रोध सधैँसम्मको लागि जलिरहेकोले,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह यसो भन्नुहुन्छ: “एदोमका तीन वटा पापहरूका कारण, अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। किनकि एदोमले आफ्नो भाइलाई तरवारले खेद्यो, र देशका स्त्रीहरूलाई मार्यो; किनभने त्यसको रिस निरन्तर उठिरह्यो, र त्यसको रिसको ज्वाला दन्किरह्यो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “म एदोमका मानिसहरुलाई तिनीहरुले गरेको अपराधको निम्ति निश्चय नै सजाए दिनेछु। किन? किनकि एदोमले आफ्नो दाजु-भाइ इस्राएललाई पछाडिबाट तरवारले रोपेकोछ। एदोमले अलिकति पनि दया देखाएन। एदोम रिसाइ नै रह्यो अनि केहि पनि सहानुभुति देखाएनन्। ऊ जङ्गली जनावरहरु सरह लगातार इस्राएललाई च्यातिरह्यो।