Amos 1:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्‍नुहुन्‍छ, “अम्‍मोनका मानिसहरूले घरिघरि पाप गरेका छन् र म तिनीहरूलाई दण्‍ड नदिई छोड्‍नैछैनँ। तिनीहरूले आफ्‍नो साँध-सिमाना बढाउन लडाइँ गर्दा गिलाद देशका गर्भवती स्‍त्रीहरूको पेट पनि चिरिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु यसो भन्‍नुहुन्‍छ: “अम्‍मोनका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। त्‍यसले आफ्‍ना साँधसिमाना बढ़ाउनलाई गिलादका गर्भवती स्‍त्रीहरूका पेट तरवारले चिरेको हुनाले,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह यसो भन्‍नुहुन्छ: “अम्मोनका तीन वटा पापहरूका कारण, अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। किनकि अम्मोनले आफ्ना सिमानाहरू बढाउनका निम्ति गिलादका गर्भवती स्त्रीहरूका पेट तरवारले चिरिदियो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नु हुन्छ, “म अम्मोनका मानिसहरुलाई तिनीहरुले गरेका अपराधका निम्ति निश्चय नै दण्ड दिनेछु। किन? किनकि तिनीहरुले गिलादमा आफ्नोलागि अधिक जमीन प्राप्त गर्न गर्भवती महिलाहरुलाई मारे।