Amos 1:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “गाजा सहरका मानिसहरूले घरिघरि पाप गरेका छन्। यसकारण म तिनीहरूलाई दण्ड नदिई छोड्नैछैनँ। तिनीहरूले एउटा समुदायका जम्मै मानिसहरूलाई कैद गरी लगे र एदोमीहरूकहाँ कमारा बनाई बेचिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु यसो भन्नुहुन्छ: “गाजाका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। त्यसले सम्पूर्ण समुदायहरूलाई एदोमको हातमा सुम्पिदिनलाई कैद गरेर लग्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह यसो भन्नुहुन्छ: “गाजाका तीन वटा पापहरूका कारण, अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। किनकि गाजाले सारा समुदायलाई कैदमा लगेकी छे; अनि एदोमको हातमा तिनीहरूलाई बेचेकी छे;
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ,”म गाजाका बासिन्दाहरुलाई उनीहरुले गरेको अपराध को विरूद्ध निश्चय नै सजाय दिनेछु। किन? किनभने उनीहरुले सम्पूर्ण देशको बासिन्दाहरुलाई कैद गरेर दासहरु बनाएर एदोमको हातमा सुम्पि दिए।