Amos 2:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “यहूदाका मानिसहरूले घरिघरि पाप गरेका छन् र त्यसको निम्ति म तिनीहरूलाई दण्ड नदिई छोड्नेछैनँ। तिनीहरूले मेरो व्यवस्थालाई हेला गरे र मेरा आज्ञापालन गरेनन्। तिनीहरूका पिता-पुर्खाहरूले पुजेकै देवी-देवताहरूले तिनीहरूलाई भर्माएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु यसो भन्नुहुन्छ: “यहूदाका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। तिनीहरूले परमप्रभुको व्यवस्थालाई अस्वीकार गरेका हुनाले, र उहाँका विधिहरू पालन नगरेकाले, र तिनीहरूका पिता-पुर्खाहरूले पछ्याएका झूटा देवताहरूद्वारा तिनीहरू भ्रममा परेका हुनाले,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह यसो भन्नुहुन्छ: “यहूदाका तीन वटा पापहरू, अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। किनकि तिनीहरूले याहवेहको व्यवस्थालाई अस्वीकार गरेका छन्, र उहाँका आदेशहरूलाई पालन गरेका छैनन्; किनकि तिनीहरू झूटा देवताहरूको कारण बाटो बिराएका छन्, जसका पितापुर्खाहरूले तिनीहरूलाई पछ्याएका थिए,
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “म यहूदालाई उनीहरुले गरेको बिभिन्न अपराधको निम्ति निश्चय नै दण्ड दिनेछु। किन? किनभने तिनीहरुले परमप्रभुको आज्ञा मान्न अस्वीकार गरे। तिनीहरु आफ्ना बाबुहरुले मानेका झूटो देवताहरुलाई मानेर पथ-भ्रष्ट भएकाछन्।