Amos 2:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्‍नुहुन्‍छ, “इस्राएलका मानिसहरूले घरिघरि पाप गरेका छन् र त्‍यसको निम्‍ति म तिनीहरूलाई दण्‍ड नदिई छोड्‍नेछैनँ। आफूले लिएको ऋण तिर्न नसक्‍ने सोझा मानिसहरू र एक जोर जुत्ताको दामसम्‍म चुकाउन नसक्‍ने गरीब मानिसहरूलाई तिनीहरूले कमारा बनाई बेचिदिन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु यसो भन्‍नुहुन्‍छ: “इस्राएलका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। तिनीहरूले धर्मात्‍माहरूलाई चाँदीमा र दरिद्रहरूलाई एक जोर जुत्तामा बेच्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह यसो भन्‍नुहुन्छ: “इस्राएलका तीन वटा पापहरूका कारण, अथवा चार वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। तिनीहरूले निर्दोषलाई चाँदीमा, र खाँचोमा परेकाहरूलाई एक जोर जुत्तामा बेच्छन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “म इस्राएललाई तिनीहरुले गरेका विभिन्न अपराधहरुका निम्ति दण्ड दिनेछु। किन? किनकि तिनीहरुले धर्मी र गरीब मानिसलाई एकजोडी जुत्ताको मुल्यमा बेचे।