Amos 2:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले गरीबहरूमाथि थिचोमिचो गर्दछन् र अत्‍याचारमा परेकाहरूलाई न्‍याय दिँदैनन्। बुबा र छोरो दुवै जना एउटै केटीसित सुत्‍दछन् र त्‍यसरी मेरो पवित्र नाममा कलङ्क लाउँदछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू गरीबहरूका टाउकामाथि भूमिको धूलोमा गरेझैँ कुल्‍चन्‍छन्, र पीडितहरूको न्‍यायलाई नामन्‍जूर गर्दछन्‌। बुबा र छोरो एउटै तरुणीकहाँ गएर मेरो पवित्र नाउँ अपवित्र पार्छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले भुइँको धुलोमा कुल्चेझैँ गरिबका टाउकोमाथि कुल्चन्छन्; अनि अत्याचारमा परेकाहरूलाई न्याय दिँदैनन्। बुबा र छोराले एउटै स्त्रीलाई प्रयोग गर्छन्; अनि यसरी मेरो पवित्र नामलाई अपवित्र बनाउँछन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरुले ती गरीब मानिसहरुलाई कुल्चिए अनि पिडित मानिसको कुरा सुनेनन्।