Amos 2:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रत्‍येक आराधना-स्‍थलमा दरिद्रहरूबाट अन्‍यायसाथ बन्‍धक लिइएका वस्‍त्रहरूमाथि तिनीहरू सुत्‍दछन्। आफ्‍ना देवस्‍थानमा तिनीहरू जरिमानास्‍वरूप लिइएका दाखमद्य पिउँदछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू हरेक वेदीको छेउमा बन्‍धकका लुगाहरूमा सुत्‍छन्‌। जरीमाना स्‍वरूप पाएको दाखमद्य आफ्‍नो देवताको मन्‍दिरमा खान्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू हरेक वेदीको छेउमा बन्धकको रूपमा राखेका लुगाहरूमा ढल्किन्छन्। तिनीहरू आफ्ना देवताको मन्दिरमा जरिमानाको रूपमा उठाएको दाखमद्य पिउँछन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरुले गरीब मानिसबाट उनीहरुको लुगा बन्धक लिए अनि ती लुगाहरु तिनिहरुले मूर्ति आराधना गर्दा लगाए। तिनीहरुले मानिसहरुलाई जरिवाना तिर्न बाध्य गराए र त्यस पैसाबाट तिनीहरुले दाखरस किने र तिनीहरुका देव-मन्दिरमा पिए।