Amos 3:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्‍नुहुन्‍छ, “जसरी गोठालोले हराएको भेडा खोज्‍न जाँदा सिंहले खाइसकेको भेडाको दुई वटा खुट्टा वा एक टुक्रा कान मात्र भेट्छ, त्‍यसरी नै अहिले खाटमा आरामसँग सुत्‍ने सामरियाका मानिसहरू थोरै मात्र बाँच्‍नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु यसो भन्‍नुहुन्‍छ: “जसरी गोठालाले सिंहको मुखबाट खुट्टाका दुई हड्डी अथवा कानको एक टुक्रा मात्र छुटाउँछ, त्‍यसरी नै सामरियामा पलङ्गको किनारमा र आफ्‍ना गद्दीका कुनामा बस्‍ने इस्राएलीहरू छुटाइनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह यसो भन्‍नुहुन्छ: “जसरी एउटा गोठालोले सिंहको मुखबाट भेडाका खुट्टाका दुई वटा हड्डीहरू अथवा एउटा कानको टुक्रा मात्र बचाउँछ, त्यसरी नै सामरियामा बस्‍ने इस्राएलीहरू, पलङको कुना र गद्दीमा बस्‍ने थोरै मानिसहरू मात्र बचाइनेछन्।”
Nepali ERV (पवित्र बाइबल)
जसरी गोठालोले सिंहको मुखबाट थुमा बचाउँदा उसको दुई खुट्टा र एउटा कान मात्र बचाउन सकला, त्यसरी नै विलासीपूर्ण सोफामा र रेशमी ओछ्यानहरुमा सुत्ने सामरियामा बस्ने इस्राएली मानिसहरु मध्ये कोहि मात्र सुरक्षित रहने छन्।