Amos 3:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हिउँदमा र गर्मीका दिनमा बास गर्ने दुवै थरीका घरहरू म नष्‍ट पार्नेछु। हात्तीका दाँतले सिंगारेका भवनहरू ध्‍वंस हुनेछन् र ठूल्‍ठूला भवनहरू भत्‍काइनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म हिउँदमा बस्‍ने निवासस्‍थान र गर्मीमा बस्‍ने निवासस्‍थान दुवै सर्वनाश गर्नेछु, र हस्‍तिहाड़ले सिँगारिएका घरहरू नष्‍ट हुनेछन्, र भवनहरू भत्‍काइनेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म गर्मीका महल सँगसँगै हिउँदका महललाई पनि भत्काउनेछु; हस्तीदन्तले सजिएका भवनहरू ध्वस्त पारिनेछन्, र दरबारहरू भत्काइनेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
म र्गमिमा बस्ने निवास स्थानका साथै शीतकालिन निवास स्थान पनि नष्ट पारिदिनेछु। अनि हात्तीको दाँतले बनाएका घरहरु पनि नष्ट गरिदिनेछु, धेरै घरहरु नष्ट गरिने छ।” परमप्रभु भन्नु हुन्छ।