Amos 3:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के सहरमा लडाइँको तुरही फुकेपछि कोही मानिस नडराई बस्‍न सक्‍छ र? के कुनै सहरमा परमप्रभुले नपठाईकन विपत्ति आउँछ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुनै सहरमा के तुरही फुकेपछि मानिसहरू डराउँदैनन्‌ र? परमप्रभुले नपठाउनुभएसम्‍म के कुनै सहरमा विपत्ति आउँछ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब सहरमा तुरही फुकिन्छ, तब के मानिसहरू डरले काम्दैनन् र? जब सहरमा विपत्ति आउँछ, के त्यो याहवेहले नपठाउनुभएसम्म आउँछ र?
Nepali ERV (पवित्र बाइबल)
के युद्धको तुरहीको ध्वनी सुनेर मानिसहरु डराउँदैनन्? अनि यदि शहरमा कष्टहरु आउँछ भने त्यो परमप्रभुद्वारा पठाइएको हो।