Amos 4:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे सामरियाका नारीहरू हो, तिमीहरूले सुन। तिमीहरू, जो बाशानका राम्ररी घाँस खाएका गाईहरूझैँ मोटाएका छौ, दरिद्रहरूलाई लुट्दछौ, गरीबहरूलाई सताउँदछौ र आफूले पिउनलाई लोग्‍नेसित मद्य मागिबस्‍छौ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे सामरिया डाँड़ामा बस्‍ने बाशानका गाई हो, तिमी स्‍त्रीहरू, जो गरीबहरूलाई थिचोमिचो गर्दछौ, र दरिद्रहरूलाई पेल्‍दछौ, र आफ्‍ना पतिहरूलाई भन्‍दछौ, “हामीहरूलाई केही पिउनलाई ल्‍याइदिनुहोस्‌।” तिमीहरू यो वचन सुन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे सामरिया पर्वतमाथि बस्‍ने बाशानका गाईहरू हो, यो वचन सुन! हे स्त्रीहरू हो, जसले गरिबहरूलाई थिचोमिचो गर्दछौ र खाँचोमा परेकाहरूलाई सताउँदछौ; अनि आफ्ना पतिहरूलाई भन्दछौ, “हाम्रो निम्ति केही पेय पदार्थ ल्याइदिनुहोस्!”
Nepali ERV (पवित्र बाइबल)
हे सामरियाको डाँडामा बस्ने गाईहरुहो, मेरो वचन सुन। तिमीले गरीब मानिसलाई दुःख दियौ र दरिद्रहरुलाई कुल्चियौ। तिमीहरुले आफ्ना पतिहरुलाई भन्छौ, “हामीहरुलाई नयाँ दाखरस पिउनको निम्ति ल्याऊ।”