Amos 4:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मैले मिश्रदेशमा झैँ तिमीहरूका बीचमा महामारी पठाएँ। तिमीहरूका ठिटाहरूलाई लडाइँमा मारें र घोडाहरू खोसेर लगें। छाउनीमा सडेका लाशहरूका गन्धले तिमीहरूका नाक थुनियो, तापनि तिमीहरू मकहाँ फर्केर आएनौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मैले तिमीहरूका बीचमा मिश्रदेशलाई गरेझैँ रूढ़ीहरू पठाएँ। मैले तिमीहरूका जवान मानिसहरूलाई तिमीहरूले पक्रेर ल्याएका घोड़ाहरूसमेत तरवारले मारें, र तिमीहरूका छाउनीको दुर्गन्ध तिमीहरूका नाकसम्मै भरिदिएँ, तापनि तिमीहरू मतिर फर्केका छैनौ,” परमप्रभु भन्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मैले इजिप्टमा पठाएझैँ तिमीहरूका बीचमा विपत्तिहरू पठाएँ। मैले तिमीहरूका जवान मानिसहरूलाई तरवारले मारेँ र तिमीहरूका घोडाहरूसमेत कब्जा गरेँ। मैले तिमीहरूका छाउनी मृतक शरीरका दुर्गन्धले भरिदिएँ, तापनि तिमीहरू मकहाँ फर्केर आएनौ,” याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
“मैले तिमीहरुका बिरुद्धमा महामारी फैलाईदिएँ जस्तो मिश्र देशमा फैलिएको थिएँ। मैले तिमीहरुका युवाहरुलाई तलवारले काटेर मारें। मैले तिमीहरुका घोडाहरु लगें। मैले तिमीहरुको घरमा मृत्युको दुर्गन्ध फैलाई दिएँ, तर पनि तिमीहरु मकहाँ सहायताको निम्ति आएनौ।” परमप्रभु यी कुराहरु भन्नुहुन्छ।