Amos 4:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पर्वतहरू बनाउनुहुने र बतास सृजनुहुने परमेश्‍वर नै हुनुहुन्‍छ। उहाँले आफ्‍ना विचार मानिसहरूलाई प्रकट गर्नुहुन्‍छ। उहाँले नै दिनलाई रात पार्नुहुन्‍छ। उहाँले पृथ्‍वीका उच्‍च-उच्‍च ठाउँहरूमा आफ्‍ना पैतालाले टेक्‍नुहुन्‍छ। ‘परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर’ उहाँको नाम हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले पर्वतहरूको आकार बनाउँछ, बतास सृजना गर्छ, मानिसहरूलाई आफ्‍ना विचार प्रकट गर्छ, प्रभातलाई अँध्‍यारो पार्छ र पृथ्‍वीका अल्‍गा-अल्‍गा ठाउँहरूमा हिँड्‌छ— सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर उहाँको नाउँ नै हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले पर्वतहरू बनाउनुहुन्छ, जसले बतासलाई सृजना गर्नुहुन्छ; अनि उहाँले आफ्ना विचारहरू मानिस जातिलाई प्रकट गर्नुहुन्छ; उहाँले नै बिहानीको प्रभातलाई अन्धकारमा परिवर्तन गर्नुहुन्छ, र पृथ्वीका अग्ला-अग्ला स्थानहरूमा कुल्चनुहुन्छ; उहाँको नाम याहवेह सेनाहरूका परमेश्‍वर हो।
Nepali ERV (पवित्र बाइबल)
“परमेश्वर नै एकजना हुनुहुन्छ जसले पहाड र बतास सृजना गर्नहुन्छ। उहाँले मानिसहरुलाई आफ्नो बिचार भन्नुहुन्छ। उहाँनै एक हुनुहुन्छ जसले बिहानलाई अँध्यारोमा परिवर्तन गनुहुन्छ। अनि पृथ्वीका पहाडहरुमाथि चढनु हुन्छ। उहाँको नाउँ यहोवा हो परमप्रभु भन्नुहुन्छ।”