Amos 4:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभु पवित्र हुनुहुन्‍छ र उहाँले यस्‍तो प्रतिज्ञा गर्नुभएको छ, “त्‍यो समय अवश्‍य आउनेछ, जब तिमीहरू अङ्कुसेद्वारा घिस्‍स्‍याइनेछौ। तिमीहरू प्रत्‍येक बल्‍छीमा परेका माछाझैँ तानिनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु परमेश्‍वरले आफ्‍नो पवित्रताद्वारा यो शपथ खानुभएको छ, “हेर, समय निश्‍चय नै आउनेछ, जब तिमीहरूलाई अंकुसेले र तिमीहरूका बाँकी रहेकाहरूलाई बल्‍छीले समातेर लगिनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभु याहवेहले आफ्नो पवित्रताको शपथ खानुभएको छ: “अवश्य नै समय आउनेछ, जब तिमीहरू अङ्कुसेले तानेर निकालिनेछौ, र बाँकी रहेका तिमीहरू पनि बल्छीले समातेर लगिनेछौ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरो स्वमीले यो प्रतिज्ञा गर्नु भयो, उहाँले आफ्नो पवित्रता को शपथ खानुभयो अनि भन्नुभयो, “हेर यस्तो दिन आइलाग्नेछ तिनीहरुले तिमीहरुलाई अंकुसेले समातेर र बाँकिरहेकालाई बल्छीले अल्झाएर लानेछन्।