Amos 4:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धन्यवाद बलिको रूपमा खमिर हालेको रोटी चढाओ र आफ्ना इच्छाले चढाएका थप भेटीहरूबारे घमण्डले फुल्दै अरूलाई सुनाओ। त्यस्तै कुरा गरी हिँड्न तिमीहरू मन पराउँछौ, होइन र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खमिर हालेको रोटी धन्यवाद बलि चढ़ाओ, र स्वेच्छा बलिका लागि धाक लगाउँदै हिँड़, तिनको कारणले घमण्ड गर, किनकि तिमी इस्राएली हौ, तिमीहरूलाई त्यसै गर्न मन पर्छ,” परमप्रभु परमेश्वर भन्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
खमिर हालेको रोटीलाई धन्यवादको भेटीको रूपमा चढाओ, र स्वेच्छा भेटीहरूका निम्ति धाक लगाओ; अर्थात् हे इस्राएलीहरू हो, तिनीहरूका निम्ति घमण्ड गर; किनकि तिमीहरू यसै गर्न रुचाउँछौ,” प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
धन्यवादको भेटी खमिरहालेको रोटी चढाऊ अनि स्वइच्छा भेटी को घोषणा गर, किनभने हे इस्राएल हो तिमीहरु यसो गर्न मनपराउँछौ।”