Amos 4:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीहरूका सबै सहरहरूमा अनिकाल ल्याएर तिमीहरूलाई भोकै पार्ने म नै हुँ, तापनि तिमीहरू मकहाँ फर्केर आएनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मैले हरेक सहरहरूमा तिमीहरूलाई रित्तो पेट र हरेक नगरमा रोटीको अभाव पारिदिएँ, तापनि तिमीहरू मतिर फर्केर आएका छैनौ,” परमप्रभु भन्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मैले हरेक सहरमा तिमीहरूलाई भोको पेट राखेँ, र हरेक नगरमा रोटीको अभाव गरिदिएँ; तापनि तिमीहरू मकहाँ फर्केर आएनौ,” याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
“मनै हुँ जसले तिमीहरुलाई भोक र अनिकाल ल्याईदिएँ। मैले तिमीहरुलाई कुनै खानेकुरा दिइन। तिमीहरुका सबै शहरहरुमा अन्न थिएन तर तिमीहरु फर्किएनौ,” परमप्रभु यसो भन्नुहुन्छ।