Amos 4:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मैले तिमीहरूका बाली सुकाएर नाश पार्न तातो हावा पठाएँ। सलहहरूले तिमीहरूका सबै बगैँचा, दाखबारी, नेभारा र जैतुनका रूखहरू स्वाहा पारें, तापनि तिमीहरू मकहाँ फर्केर आएनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मैले धेरै पल्ट तिमीहरूका बगैँचा र तिमीहरूका दाखबारीमा रोग र ढुसीद्वारा प्रहार गरें। तिमीहरूका नेभारा र भद्राक्षका रूखहरूलाई सलहहरूले सखाप पारे, तापनि तिमीहरू मतिर फर्केका छैनौ,” परमप्रभु भन्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“धेरै पटक मैले तिमीहरूका बगैँचाहरू र दाखबारीहरूलाई प्रहार गरेँ; मैले तिनीहरूलाई रोग र ढुसीले नाश पारेँ। सलहहरूले तिमीहरूका नेभारा र जैतुनका रूखहरूलाई सखाप पारिदिए, तापनि तिमीहरू मकहाँ फर्केर आएनौ,” याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
“मैले तिम्रो फसलहरु ज्यादै गर्मी र किराहरुद्वारा मारिदिएँ। जम्मै बशैया र दाख का बोटहरु मारिदिएँ। सलहले नेभाराको बोट र भद्राक्षेको बोटहरु सबै नष्ट पारिदियो। तर पनि तिमीहरु सहाएताको निम्ति मकहाँ आएनौ।” परमप्रभु भन्नुहुन्छ।