Amos 5:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले गरीबलाई सताएका छौ र तिनीहरूका अन्‍न लुटेका छौ। यसकारण आफूले बनाएका पत्‍थरका सुन्‍दर भवनहरूमा तिमीहरू बास गर्न पाउनेछैनौ र आफूले लाएका सुन्‍दर दाखबारीको दाखमद्य पिउन पाउनेछैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू कङ्गालीलाई कुल्‍चन्‍छौ, र अन्‍न दिन तिनीहरूलाई करकाप गर्दछौ। यसैकारण ढुङ्गाका ठूला-ठूला घरहरू तिमीहरूले बनाए तापनि तिमीहरू तिनमा बस्‍नेछैनौ। तिमीहरूले लहलहाउँदो दाखबारी लगाए तापनि तिमीहरूले तिनका दाखमद्य पिउनेछैनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू गरिबमाथि परालको समेत कर लगाउँछौ, र तिनीहरूका अन्‍नमा कर थोपर्छौ। यसकारण तिमीहरूले ढुङ्गाका महलहरू बनाएका छौ, तर तिमीहरू ती महलहरूमा बस्‍नेछैनौ; तिमीहरूले सुन्दर दाखबारी लगाएका छौ, तर तिमीहरूले त्यसको दाखरस पिउनेछैनौ।
Nepali ERV (पवित्र बाइबल)
अत्यचार र लुटद्वारा तिमाहरुले गरीवहरुलाई कुल्चेकाछौ। तिमीहरुले तिनिहरुको खाना लुटेकाछौ। कुँदिएका ढुङ्गाका घरहरु बनाउन त्यो बेचेकाछौ। तर तिमीहरु यी राम्रा घरहरुमा बस्नेछौनौ, तिमीले राम्रा-राम्रा दाखका बोटहरु लगाएकाछौ तर तिमीले त्यसबाट बनेको दाखरस पिउन पाउने छैनौ।