Amos 5:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूको पाप यति डरलाग्‍दो छ र यति साह्रो अपराध तिमीहरूले गरेका छौ भन्‍ने कुरा मलाई थाहा छ। तिमीहरू असल मानिसहरूको खेदो गर्दछौ, घुस लिन्‍छौ र न्‍याय खोज्‍न न्‍यायालयमा आएका गरीबहरूलाई बाधा दिँदछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि म जान्‍दछु, तिमीहरूका दोषहरू कति धेरै छन्, र तिमीहरूका पाप कति ठूला छन्‌। तिमीहरू धर्मात्‍माहरूलाई सताउँदछौ र घूस लिन्‍छौ। न्‍यायालयमा गरीबहरूलाई न्‍यायदेखि वञ्‍चित गर्छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि म जान्दछु, तिमीहरूका अपराधहरू कति धेरै छन्, र तिमीहरूका पापहरू निकै गम्भीर छन्। तिमीहरू जसले धर्मीहरूलाई सताउँछौ र घूस लिन्छौ; अनि गरिबलाई अदालतमा न्याय पाउनबाट रोक्छौ।
Nepali ERV (पवित्र बाइबल)
मलाई थाहाछ तिमीहरुका धेरै डरलाग्दा पापहरु र ठुलो अपराध बिषयमा मलाई थाहा छ। तिमीहरुले धर्मीहरुको बिरोध (खेदो) गर्यौ र गरीबहरुलाई अत्यचार गर्न घुस लियौ।