Amos 5:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्‍टतालाई घृणा गर, भलाइलाई प्रेम गर र न्‍यायालयमा निष्‍पक्ष न्‍याय गर। यस जातिका मानिसहरू, जो अझै बाँचिरहेका छन्, तिनीहरूमाथि सायद परमप्रभुले कृपा गर्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खराबीलाई घृणा, भलाइलाई प्रेम गर। न्‍यायालयमा न्‍याय कायम राख। शायद सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वरले योसेफका बाँचेकाहरूमाथि कृपा गर्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुष्‍टतालाई घृणा गर, भलाइलाई प्रेम गर; अदालतमा न्यायलाई कायम राख। सायद याहवेह सेनाहरूका परमेश्‍वरले योसेफका बाँकी रहेकाहरूमाथि अनुग्रह गर्नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
खराबीलाई घृणागर अनि भलाईलाई प्रेम गर। न्यायलयमा न्यायमा फर्कार्इ ल्याऊ, तब सम्भव छ कि सर्वशक्तिमान परमप्रभु परमेश्वरले यूसुफको कुलमा बाँचेका मानिसहरुलाई राम्रो गर्नुहुनेछ।