Amos 5:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण सर्वशक्तिमान् परमप्रभु परमेश्वर भन्नुहुन्छ, “सहर-सहरका बाटाहरूमा रुवावासी र शोक-विलाप हुनेछ। मरेकाहरूका लागि शोक गर्न विलापको गीत गाउनेहरूका साथ किसानहरूलाई पनि बोलाइनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण परमप्रभु, सर्वशक्तिमान् परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: “सबै सड़कहरूमा रुवाबासी हुनेछ, र हरेक चोकमा तिनीहरूले हाय, हाय गर्नेछन्। किसानहरू विलाप गर्न र मलामीहरू शोक गर्न बोलाइनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण याहवेह सेनाहरूका परमेश्वर भन्नुहुन्छ: “सबै सडकहरूमा रुवाबासी र हरेक सार्वजनिक चोकहरूमा वेदनाका रोदनहरू हुनेछन्। खेती गर्ने किसानहरूलाई रुन र शोक गर्नेहरूलाई विलाप गर्न बोलाइनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यसकारण परमप्रभु परमेश्वर सर्वशक्तिमान भन्नुहुन्छ, “सबै सार्वजनिक स्थानमा रोईरहेका छन् र सबै गल्लीहरुमा मानिसहरुले परमेशवरलाई पुकारिरहेका हुनेछन्। तिनीहरुले किसानहरुलाई रूनु र विलाप गर्नु बोलाउनेछन्। तिनीहरुले शोकगर्नेहरुलाई ज्यालामा ल्याउँनेछन्।