Amos 5:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभु भन्नुहुन्छ, “इस्राएलको एउटा सहरबाट हजार जना सिपाहीहरू लड्नलाई जान्छन्; तर सय जना मात्र बाँचेर फर्कन्छन्। अर्को सहरबाट सय जना लड्नलाई जान्छन् तर दश जना मात्र बाँचेर फर्कन्छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: “जुन सहरबाट इस्राएलको निम्ति हजार जना बाहिर निस्कन्छन्, त्यसमा एक सय मात्र रहन्छन्। सय जना बाहिर निस्कनेका दश जना मात्र बाँच्नेछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभु याहवेह इस्राएललाई यसो भन्नुहुन्छ: “तेरो सहरबाट एक हजार जना सेनाहरू निस्कन्छन्, तर केवल एक सय मात्र छोडिनेछन्; तेरो सहरबाट एक सय जना सेनाहरू निस्कन्छन्, तर केवल दश जना मात्र छोडिनेछन्।”
Nepali ERV (पवित्र बाइबल)
मेरा स्वामी परमप्रभु यो भन्नुहुन्छ,”शहरबाट एक हज्जार मानिसहरु गएर एक सयमात्र फर्केर आए। शहरबाट एक सय मानिसहरु गए र केवल दशजना मात्र इस्राएल राष्ट्रमा फिर्ता आए।