Amos 5:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुकहाँ जाओ र तिमीहरू बाँच्नेछौ। नत्र त आगोको मुस्लोझैँ उहाँ योसेफको सन्तानमाथि खस्नुहुनेछ। आगोले बेथेलका मानिसहरूलाई भस्म पार्नेछ र आगो निभाउन कसैले पनि सक्नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको खोजी गर र बाँच, नत्रता उहाँ योसेफको घरानामा आगोजस्तै भएर जानुहुनेछ, र त्यसले भस्म पार्छ, र बेथेलमा त्यो निभाउने कोही हुनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहलाई खोज र जीवित रहो, नत्रता उहाँ योसेफको घरानामा आगोजस्तै दन्किएर आउनुहुनेछ; जुन आगोले तिनीहरूलाई भस्म पार्नेछ, र त्यसलाई निभाउन बेथेलमा कोही पनि हुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुकहाँ आऊ र तिमीहरू बाँच्नेछौ। यदी तिमीहरु परमप्रभुकहाँ गएनौ भने उहाँले इस्राएल राष्ट्र माथि आगोले झैं झम्टनु हुनेछ। इस्राएल राष्ट्र आगोले ध्वस्त पारिनेछ र परमेशवरको घर समेत कोही सुरक्षित हुनेछैन।