Amos 6:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
महान् जाति इस्राएलका मानिसहरू हो! तिमीहरूकहाँ मानिसहरू मद्दत माग्न आइरहन्छन्, हाय! हाय!! तिमीहरू, जो सियोनमा आरामसाथ बसेका छौ र सामरियामा सुरक्षित छौं भनी ठान्छौ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धिक्कार तिमीहरूलाई, जो सियोनमा निर्धक्कसित रहन्छौ, र तिमीहरूलाई, जो सामरियाको डाँड़ामा आफू सुरक्षित ठान्छौ। तिमीहरू प्रथम जातिका ख्याति प्राप्त भएका मानिसहरू, जसकहाँ इस्राएलका मानिसहरू आउँछन्!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धिक्कार तिमीहरूलाई, जो सियोनमा निर्धक्कसाथ बसेका छौ; अनि धिक्कार तिमीहरूलाई, जो सामरियाको पर्वतमाथि आफूलाई सुरक्षित ठान्छौ; धिक्कार तिमीहरू प्रमुख राष्ट्रका प्रसिद्ध मानिसहरू, जसकहाँ इस्राएलका मानिसहरू आउँछन्!
Nepali ERV (पवित्र बाइबल)
हाय! तिमीहरु आफैलाई हेर, जो सियोनमा आरामको जीवन मनाईरहेकाहरु अनि सामरिया पर्वत माथि बचाउको अनुभव गरिरहेकाहरु। तिमी ‘महत्वपुर्ण मानिस’ जसकहाँ ‘इस्रएलका राजपरिवार’ सल्लाहको लागि जान्छन्, तिमीहरुका निम्ति अनिष्ठ हुनेछ।