Amos 6:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मरेका मानिसको लाश गाड्नलाई जिम्मा पाएका आफन्तहरूले लाश घरबाट निकालून्। ती आफन्तहरूले घरमा बाँकी रहेको मानिसलाई यसरी सोधून्, “तिमीसित अरू कोही छ?” त्यसले भित्रबाट जवाफ दिनेछ, “अँहँ, छैन।” तब त्यो आफन्तले भन्नेछ, “चुप लाग्! हामीले अहिले परमप्रभुको नामसम्म लिनुहुन्न, सो होशियार गर्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब कसैको कुटुम्बले, जसले लाशहरू जलाउनेछ, घरभित्रबाट लाश निकाल्न भनी आएर त्यहाँ लुकेकालाई “तिमीसित अझ अरू कोही छ?” भनी सोध्छ, अनि उसले जवाफ दिन्छ, “अँहँ, छैन,” तब त्यसले भन्नेछ, “चूप लाग, हामीले प्रभुको नाउँ लिनैहुँदैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि लासहरू घरबाट बाहिर निकालेर जलाउन भनी आफन्त आएर त्यहाँ लुकेकाहरूलाई, “तिमीसित अझै कोही छ?” भनी सोध्छ र उसले भन्छ, “अहँ, कोही पनि छैन,” तब त्यसले भन्नेछ, “चुप लाग! हामीले याहवेहको नाम लिनुहुँदैन।”
Nepali ERV (पवित्र बाइबल)
जब उनका मानिसहरु उसको लास जलाउन लिन आउँछन्, तिनीहरुले उसको हड्डी बाहेक केही पाउँदैनन्। तब उसले ती घरभित्र लुकनेलाई सोध्छ, “तिमीसित अन्य लासहरु छन्?” तनीहरुले जवाफ दिनेछन्, “छैन!” त्यस समय त्यस आफन्तले भन्नेछन्, “चुप लाग्, यहाँ हामीले परमप्रभुको नाउँ लिनु हुँदैन।”