Amos 6:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर आफैंले भन्‍नुहुन्‍छ, “हे इस्राएलका मानिसहरू हो, तिमीहरूको देश कब्‍जा गर्न एउटा अर्को देशको सेना पठाउनेछु। तिनीहरूले उत्तरका लेबो-हमातदेखि दक्षिणमा अराबाको बेसीसम्‍म तिमीहरूमाथि अत्‍याचार गर्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे इस्राएलका घराना हो,” सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, “म तिमीहरूका विरुद्धमा एउटा यस्‍तो जाति सुर्‍याउनेछु, जसले तिमीहरूलाई लेबो-हमातदेखि लिएर अराबाको उपत्‍यकासम्‍मै अत्‍याचार गर्नेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि याहवेह सेनाहरूका परमेश्‍वर घोषणा गर्नुहुन्छ, “हे इस्राएल, म एउटा देशलाई तिमीहरूका विरुद्धमा उचाल्नेछु; त्यसले लेबो-हमातदेखि अराबाको बेँसीसम्मै तिमीहरूमाथि अत्याचार गर्नेछ।”
Nepali ERV (पवित्र बाइबल)
“इस्राएल हेर! म तिम्रो बिरोधमा एउटा राज्य खडा गर्नेछु। अनि तिनीहरुले तिमीहरुलाई हमातको प्रवेशद्वारदेखि अराबको खोलो सम्म अत्यचार गर्नेछन्।” सर्वशक्तिमान परमप्रभु परमेश्वरले यो कुरा भन्नुभएको हो।