Amos 6:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गएर कल्‍नेह सहर हेर, त्‍यहाँबाट हमात महानगरमा जाओ। त्‍यसपछि पलिश्‍तीहरूको गात सहरमा जाओ। के ती यहूदा र इस्राएल भन्दा असल छन् र? वा, उनका साँध-सिमाना तिमीहरूका साँध-सिमानाभन्दा ठूलो छ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कल्‍नेहमा गएर त्‍यहाँ हेर। त्‍यहाँबाट महान्‌ हमातमा जाओ। त्‍यसपछि पलिश्‍तीहरूको गातमा जाओ। के ती राज्‍यहरूभन्‍दा तिमीहरू असल छौ र? के तिनीहरूको भूमि तिमीहरूको भन्‍दा ठूलो छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कल्नेह सहरमा जाओ र त्यसलाई हेर; त्यहाँबाट हमात सहरमा जाओ; अनि तल पलिश्तीको गातमा जाओ। के तिमीहरूका दुई राज्यहरूभन्दा ती असल छन् र? के तिनीहरूको देश तिमीहरूको भन्दा ठूलो छ र?
Nepali ERV (पवित्र बाइबल)
कल्नेह, हमात अनि पलिश्ती शहर र गात शहर हेर, के इस्राएल यी शहरहरु भन्दा राम्रोछ? होइन! के यी शहरहरुका सिमाना इस्राएलका सिमाना भन्दा ठुलाछन्? होइन।