Amos 6:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सर्वसक्तिमान् परमप्रभुले एउटा गम्भीर शपथ खानुभएको छ; परमप्रभु सर्वशक्तिमान् परमेश्वरले यसरी घोषणा गर्नुहुन्छ, “म इस्राएलका मानिसहरूका अहङ्कारलाई घृणा गर्दछु, म तिनीहरूका किल्लाहरूलाई तुच्छ ठान्दछु, म तिनीहरूका देशका राजधानी र त्यहाँ भएका सबै थोक शत्रुका हातमा सुम्पिदिनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु परमेश्वरले आफ्नै नाउँमा शपथ खानुभएको छ। सर्वशक्तिमान् परमप्रभु परमेश्वर घोषणा गर्नुहुन्छ: “म याकूबको घमण्डलाई घृणा गर्छु, र त्यसका किल्लाहरूलाई तुच्छ ठान्छु। म यसमा भएका सबै कुरासमेत यस सहरलाई शत्रुको हातमा सुम्पिदिनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभु याहवेहले आफ्नै नाममा शपथ खानुभएको छ—याहवेह सेनाहरूका परमेश्वर घोषणा गर्नुहुन्छ: “म याकोबको घमण्डलाई घृणा गर्छु, र त्यसका किल्लाहरूलाई घृणा गर्छु; म यस सहर र यसमा भएका सबैलाई शत्रुको हातमा सुम्पिदिनेछु।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरो मालिकले उहाँले आफ्नो नाउँ सर्वशक्तिमान परमेश्वर भनेर यो प्रतिज्ञा गर्नुभयो, “म यो कुरालाई घृणा गर्छु, जसमा याकुबले घमण्ड गर्छ। म उसको अट्टालिका हरुलाई घृणा गर्छु। यसकारण शत्रुलाई शहर र यसमा भएको प्रत्तेक कुरा लिन दिनेछु।”