Amos 7:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आमोसले जवाफ दिए, “म ज्यालाको लागि अगमवाणी भन्ने खालको अगमवक्ता होइनँ, म गोठालो हुँ र नेभाराका रूखहरू स्याहार्ने काम पनि गर्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आमोसले अमस्याहलाई यो जवाफ दिए, “म त अगमवक्ता थिइनँ, र अगमवक्ताको छोरा पनि होइनँ। तर म एउटा गोठालो र अञ्जीरका रूखहरू हेरचाह गर्ने मानिस थिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आमोसले अमस्याहलाई जवाफ दिए, “म अगमवक्ता थिइनँ, न त अगमवक्ताको छोरा नै थिएँ, तर म त एउटा गोठालो थिएँ, र अञ्जीरका रूखहरूको हेरचाह गर्थेँ।
Nepali ERV (पवित्र बाइबल)
तब आमोसले अमस्याहालाई जवाफ दियो, “म पेशागत अगमवक्ता होइन र म राजाको अगमवक्ता होइन। म एउटा गोठालो हुँ अनि अञ्जीर र नेभाराका रूखहरु रूँग्ने मानिस हुँ।