Amos 7:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैकारण अमस्‍याह, तिमीलाई परमप्रभु भन्‍नुहुन्‍छ, ‘तिम्री स्‍वास्‍नी सहरमा एउटी वेश्‍या हुनेछे र तिम्रा छोरा-छोरीहरू लडाइँमा मारिनेछन्। तिम्रो जमिन भाग लाएर अरूहरूले बाँडिलिनेछन् र तिमी आफैंचाहिँ मूर्तिपूजा गर्नेहरूको एउटा देशमा मर्नेछौ। अनि इस्राएलका मानिसहरूचाहिँ निश्‍चय आफ्‍ना देशबाट टाढा कैद गरी देश निकालावास गरिनेछन्’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘तिम्री पत्‍नी सहरमा एउटी वेश्‍या हुनेछ, तिम्रा छोराछोरीहरू तरवारले काटिनेछन्, तिम्रो देश नापिनेछ र बाँड़िनेछ। तिमी आफैचाहिँ एउटा मूर्तिपूजक देशमा मर्नेछौ, र इस्राएलचाहिँ निश्‍चय नै आफ्‍नो देशबाट टाढ़ा निर्वासनमा लगिनेछ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण याहवेह यसो भन्‍नुहुन्छ: “ ‘तिम्री पत्नी सहरमा एउटी वेश्या हुनेछे, र तिम्रा छोराछोरीहरू तरवारद्वारा काटिएर मारिनेछन्। तेरो देशलाई नापि-नापिकन विभाजन गरिनेछ; अनि तँ आफैँचाहिँ मूर्तिपूजकको देशमा मर्नेछस्। अनि इस्राएलचाहिँ निश्‍चय नै आफ्नो स्वदेशबाट टाढा निर्वासनमा लगिनेछ।’ ”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले यसो भन्नुहुन्छ, “तिम्रो पत्नी यो शहरमा एकजना वेश्याहुनेछे। अनि तिम्रो छोराहरु र छोरीहरु अपवित्र भूमिमा तरवारले मारिन्छन्। तिम्रो भूमि, नाप्ने डोरीले भाग गरिनेछ अनि तिमी आफैं भूमि अपवित्र पार्नेछौ। इस्राएल निश्चयनै आफ्नो भूमिबाट बन्दीको रुपमा लगिनेछ।”