Amos 7:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु परमेश्वरबाट मैले अर्को एउटा दर्शन पाएँ। उहाँले आफ्ना प्रजालाई आगोद्वारा सजाय दिन तयारी गर्न लाग्नुभएको देखें। आगोले महासागर सुकाइदियो र जमिनमा आगो लाग्न सुरु भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु परमेश्वरले मलाई यो देखाउनुभयो: आगोद्वारा न्याय गर्न परमप्रभु परमेश्वरले ठहराउनुभयो। त्यस आगोले महासागरलाई सुकाएर जमिनलाई पनि भस्म पार्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभु याहवेहले मलाई यो देखाउनुभयो: प्रभु याहवेहले आगोद्वारा न्याय गर्न बोलाउँदैहुनुहुन्थ्यो; त्यसले विशाल समुद्रलाई सुकाइदियो र जमिनलाई भस्म पारिदियो।
Nepali ERV (पवित्र बाइबल)
मेरा स्वामी परमप्रभुले मलाई उहाँको भयानक न्याय, परेको पानी पोखिए जस्तै देखाउनुयो। आगोले बिशाल समुद्र जलायो आगोले जमीन नष्ट पारिदियो।