Amos 7:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इसहाकका सन्‍तानले पूजा गरेका पूजा-स्‍थलहरू ध्‍वंस हुनेछन्। इस्राएलका पवित्र स्‍थलहरू भत्‍काइनेछन्। म यारोबाम राजाको वंशलाई समाप्‍त गर्नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इसहाकका अल्‍गा-अल्‍गा ठाउँहरू सर्वनाश गरिनेछन्, र इस्राएलका पवित्रस्‍थानहरू भग्‍नावशेष हुनेछन्‌। म तरवार लिएर यारोबामका घरानाको विरुद्धमा खड़ा हुनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“इसहाकका अल्गा-अल्गा ठाउँहरू सर्वनाश हुनेछन्; र इस्राएलका पवित्रस्थानहरू ध्वस्त हुनेछन्; म यारोबामका घरानाको विरुद्धमा मेरो तरवार लिएर खडा हुनेछु।”
Nepali ERV (पवित्र बाइबल)
इसहाकको अग्ला ठाउँहरु नष्ट गरिनेछ। इस्राएलको पवित्र स्थानहरु उजाड हुनेछ। म खडा हुनेछु र यरोबामको परिवारलाई तलवार लिएर आक्रमण गर्नेछु।”