Amos 8:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रा चाड-बाड शोकमा र तिम्रा आनन्‍दका गीतहरू विलापमा परिवर्तन हुनेछन्। म तिमीहरूलाई कपाल खौरन र भाङ्‌ग्राका लुगा लाउन लगाउनेछु। तिमीहरू एकलौटे छोरोको निम्‍ति विलाप गर्ने आमा-बुबाजस्‍ता हुनेछौ। त्‍यो दिन ज्‍यादै विषादको दिन हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीहरूका धार्मिक चाड़हरूलाई विलापमा र तिमीहरूका सबै गीतहरूलाई रुवाइमा परिवर्तन गरिदिनेछु। म तिमीहरू सबैलाई भाङ्‌ग्रा लाउन र कपाल खौरन लगाउनेछु। एउटै मात्र छोराको निम्‍ति विलाप गरेझैँ त्‍यस समयलाई तुल्‍याउनेछु। त्‍यसको अन्‍त्‍य तीतो हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूका धार्मिक चाडहरूलाई रुवाबासीमा र तिमीहरूका सबै गीतहरू विलापमा परिवर्तन गरिदिनेछु। म तिमीहरू सबैलाई भाङ्ग्राको कपडा पहिरन लगाउनेछु, र तिमीहरूका कपाल खौरन लगाउनेछु। म त्यस समयलाई एउटै छोराको निम्ति शोक गरेझैँ बनाइदिनेछु, र त्यस दिनको अन्त्य सारै तितो हुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरुको चाडको दिनहरुलाई शोक मनाउने दिनहरुमा र खुशीको सबै गीतहरुलाई दुःखको गीतमा परिवर्तन गरिदिनेछु। म तिमीहरुलाई वस्त्रहरु शोक लगाएका बनाउनेछु र टाउको खौराउनेछु। म तिमीहरुले जन्माएको एउटै मात्र छोरो मर्दा शक गरे जस्तै परिदिन्छु अनि यो तिक्त दिन हुनेछ।”