Amos 8:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“समय आउँदै छ, जब देशमा म अनिकाल ल्‍याउनेछु। मानिसहरू भोकाउनेछन् तर भोजनको निम्‍ति होइन। तिनीहरू तिर्खाउनेछन् तर पानीको निम्‍ति होइन। तर परमप्रभुको वचनको निम्‍ति तिनीहरू भोकाउने र तिर्खाउनेछन्। म सार्वभौम परमप्रभु बोलेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, “यस्‍ता दिनहरू आउँदैछन्, जब म देशमा अनिकाल ल्‍याउनेछु— जुनचाहिँ न त अन्‍नको अनिकाल न पानीको तिर्खा हो, तर परमप्रभुको वचन सुन्‍ने तृष्‍णाको अनिकाल हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभु याहवेहले घोषणा गर्नुहुन्छ, “ती दिनहरू आउँदैछन्, जब म देशमा अनिकाल पठाउनेछु; तब अन्‍न अथवा पानीको तिर्खाको अनिकाल होइन, तर याहवेहको वचन सुन्‍ने तिर्सनाको अनिकाल हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “हेर, त्यो दिन नजिकै आउँदैछ जब म देशमा अनिकाल ल्याउँनेछु। मानिसहरु रोटी र पानीको निम्ति भोकाउनेछैनन्। तर मानिसहरु परमप्रभुको वचनको निम्ति भोकाउनेछन्।