Amos 8:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले सोध्‍नुभयो, “आमोस, तँ के देख्‍दैछस्?” मैले जवाफ दिएँ, “एक डालो पाकेको फल।” परमप्रभुले मलाई भन्‍नुभयो, “मेरो प्रजा इस्राएलको अन्‍त आइपुग्‍यो। तिनीहरूलाई सजाय दिने कुराबारे म अब फेरि मेरो मन बदल्‍नेछैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले मलाई सोध्‍नुभयो, “आमोस, तँ के देख्‍छस्‌?” मैले जवाफ दिएँ, “पाकेको फलले भरिएको एउटा डालो।” तब परमप्रभुले मलाई भन्‍नुभयो, “मेरो प्रजा इस्राएलको लागि समय पूरा भएको छ। म अब तिनीहरूलाई छोड्‌नेछैनँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले मलाई सोध्नुभयो, “आमोस, तँ के देख्दैछस्?” मैले जवाफ दिए, “पाकेको फलको एउटा डालो।” त्यसपछि याहवेहले मलाई भन्‍नुभयो, “मेरा मानिस इस्राएलीहरूको समय पूरा भएको छ; म तिनीहरूलाई अब उसो छोड्नेछैनँ।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मलाई सोध्नु भयो, “आमोस तिमीले के देख्दैछौ?” मैले भने, “ग्रीष्म ऋतुमा पाकेको फलको एउटा डालो देखें।” तब परमप्रभुले मसँग भन्नु भयो, “मेरा मानिसहरु इस्रएलको अन्त आयो। म तिनीहरुको पापलाई अझ नदेखे झैं गर्न सक्तिनँ।