Amos 8:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू आफ्ना मन-मनमा भन्दछौ, “कहिले औंसी बित्छ र हामी अन्न बेच्न पाऔँला? कहिले विश्रामको दिन समाप्त हुने हो र हामी गहुँ किनबेच सुरु गर्न सकौंला? हामी धेरै दाम लिन, झूटा ढक-तराजु चलाउन र नाप-तौलमा घटबढ गरेर ग्राहकहरूलाई ठग्न सक्नेछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू जसले भन्छौ, “औंसी कहिले बित्छ र हामी अन्न बेच्न सकौं? अनि शबाथ कहिले समाप्त हुन्छ र हामी गहूँ बेच्न सकौं? माना सानो र ढक गह्रौँ बनाई झूटो तराजू चलाएर ठग्न सकौंला।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू यसो भन्छौ, “औँसीको दिन कहिले बित्छ र हामी अन्न बेच्न सक्छौँ; अनि शब्बाथ कहिले समाप्त हुन्छ र हामी गहुँ बेच्न सक्छौँ?” अर्थात् नापतौलमा ठगेर, मूल्य बढाएर र छली ढक तराजु चलाएर ठग्न सक्छौँ;
Nepali ERV (पवित्र बाइबल)
हे व्यापारिहरु हो! तिमीहरु भन्दछौ, “औंसी कहिले बित्छ ता कि हामी गहुँ बेच्न सक्छौं। कहिले शाबाथ बित्ला र हामीले बेच्न शुरु गर्ने? तब हामीले खोटो तराजु प्रयोग गरेर ठग्न सक्छौ र हाम्रा ग्राहकहरुलाई धोका दिन सक्छौ।