Amos 9:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले प्रभुलाई वेदीको छेउमा उभिरहनुभएको देखें। उहाँले आज्ञा गर्नुभयो, “मन्‍दिरका खम्‍बाका टुप्‍पाहरूमा जोडले हिर्का र जम्‍मै सँघार हल्‍लिओस्, ती भाँचिऊन् र टुक्राहरू मानिसहरूका टाउकाहरूमा खसून्। बाँकी रहेका मानिसहरूलाई म लडाइँमा मार्नेछु। कुनै पनि भाग्‍न पाउनेछैन। एक जना पनि उम्‍कन पाउनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले परमप्रभुलाई वेदीको छेउमा उभिरहनुभएको देखें, र उहाँले मलाई भन्‍नुभयो: “खम्‍बाका टुप्‍पा-टुप्‍पा हिर्का र सँघारहरू हल्‍लिऊन्‌। सबै मानिसहरूका शिरहरू काटिदे र बचेकाहरूलाई चाहिँ म तरवारले मार्नेछु। एकैजना पनि भाग्‍न पाउनेछैन, एक जना पनि उम्‍कन पाउनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले प्रभुलाई वेदीको छेउमा उभिरहनुभएको देखेँ; अनि उहाँले भन्‍नुभयो: “खम्बाका टुप्पाहरूमा हिर्का, ताकि सँघारहरू हल्‍लिऊन्। सबै मानिसहरूका टाउकोमाथि ती ढालिऊन्; बाँकी बचेकाहरूलाई म तरवारले मार्नेछु। एकै जना पनि भाग्न पाउनेछैन; एउटै पनि उम्कन पाउनेछैन।
Nepali ERV (पवित्र बाइबल)
मैले परमप्रभुलाई वेदीको छेउमा उभिएको देखें। उहाले भन्नुभयो, “संघार हल्लिञ्जेल र मानिसको टाउको चुर हुन्जेल खम्बामाथि ठोकाऊ। ती बाँचेकाहरुलाई तरवारले मार। भाग्नेहरु मारिनेछन्। कुनैमानिस पनि मेरो रिसबाट उम्कनेछैन।