Amos 9:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “त्यो दिन आउँदै छ, जब भत्केर ध्वस्त भएको घरजस्तो दाऊदको राज्यलाई फेरि म खडा गर्नेछु। म त्यसका पर्खालहरू मर्मत गर्नेछु र फेरि ठड्याउनेछु। म त्यसलाई फेरि बनाएर अघि जस्तो अवस्था थियो, त्यस्तै पार्नेछु
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“त्यस दिन म दाऊदको ढलेको वासस्थानलाई पुनर्स्थापन गर्नेछु, र त्यसका प्वालहरू मरम्मत गर्नेछु। अनि भत्केको अवस्थाबाट त्यसलाई म खड़ा गर्नेछु र अघिजस्तै गरी म त्यसलाई निर्माण गर्नेछु,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यस दिन, “म दावीदको भत्केको पाललाई फेरि स्थापित गर्नेछु, अर्थात् म यसका भत्केका पर्खालहरू मर्मत गर्नेछु; अनि यसका भग्नावशेषहरूलाई फेरि निर्माण गर्नेछु, अर्थात् योजस्तो पहिले थियो, त्यस्तै फेरि निर्माण गर्नेछु,
Nepali ERV (पवित्र बाइबल)
“त्यसदिन म दाऊदको ढलेको पाललाई उठाउनेछु, म चर्केकाहरु र नष्ट भएका भवनहरु मर्मत गर्नेछु। म त्यसलाई पहिलेको जस्तै पुनः र्निर्माण गर्नेछु।