Amos 9:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्‍नुहुन्‍छ, “ती दिनहरू आउँदै छन्, जब अन्‍न बटुल्‍ने कामभन्दा त्‍यसको उब्‍जनी चाँडै हुनेछ र दाखमद्य बनाउने कामभन्दा दाख चाँडो उब्‍जनेछ। पर्वतहरूबाट मीठो दाखमद्य चुहुनेछ र डाँडामाथि बहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यस्‍ता दिन आउँदैछन्,” परमप्रभु भन्‍नुहुन्‍छ, “जब कटनी गर्नेलाई हलो जोत्‍नेले उछिन्‍नेछ, र बीउ छर्नेलाई दाख पेल्‍नेले उछिन्‍नेछ। पर्वतहरूबाट नयाँ दाखमद्य चुहुनेछ, र सबै डाँड़ाहरूबाट त्‍यो बग्‍नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह घोषणा गर्नुहुन्छ, ती दिनहरू आउँदैछन्, “जब जोत्नेले कटनी गर्नेलाई उछिन्‍नेछ, र बिउ छर्नेले दाख पेल्नेलाई उछिन्‍नेछ। नयाँ दाखमद्य पर्वतहरूबाट चुहुनेछन्, र सबै डाँडाहरूबाट ती बग्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “त्यो समय आइरहेछ जब प्रत्येक प्रकारको भोजन ज्यादाहुन्छ। अब मानिसहरुले आफ्नो फसल काटिसकेका हुँदैनन्, हलो जोत्ने समय आइहाल्छ, मानिसहरु अहिले दाखरस निकाल्नको लागि बसका हुन्छन्, फेरि दाखको रोप्ने समय आइहाल्छ। पहाडबाट दाखरसको धारा बग्ने छ अनि त्यो पहाडबाट झर्नेछन्।