Amos 9:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म मेरा प्रजालाई तिनीहरूका देशमा फर्काई ल्‍याउनेछु, तिनीहरूले आफ्‍ना भत्‍केका सहरहरू फेरि बनाउनेछन् र त्‍यहाँ बसोबास गर्नेछन्। तिनीहरूले दाखबारीमा दाख लाउनेछन् र दाखमद्य पिउनेछन्। तिनीहरूले बगैँचामा फलका रूखहरू लगाउनेछन् र तिनीहरूका फल खानेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मेरो निर्वासनमा गएका प्रजा इस्राएललाई फर्काएर ल्‍याउनेछु। ध्‍वंस भएका सहरहरूलाई तिनीहरूले फेरि निर्माण गरेर तिनमा वास गर्नेछन्‌। तिनीहरूले दाखबारीहरू लगाएर तिनका दाखमद्य पिउनेछन्‌। तिनीहरूले बगैँचाहरू बनाएर तिनका फलहरू खानेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म मेरो जाति इस्राएललाई निर्वासनबाट फर्काएर ल्याउनेछु। “तिनीहरूले भत्केका सहरहरू फेरि पुनर्निर्माण गर्नेछन्, र ती सहरहरूमा बसोबास गर्नेछन्। तिनीहरूले दाखबारीहरू लगाउनेछन् र तिनीहरूका दाखमद्य पिउनेछन्; तिनीहरूले बगैँचाहरू बनाउनेछन् र त्यहाँका फलहरू खानेछन्।
Nepali ERV (पवित्र बाइबल)
मेरो मानिस इस्राएलीहरुलाई कैदबाट फर्काएर ल्याउनेछु। तिनीहरुले त्यो नष्ट भएको शहर फेरि बनाउँनेछन् अनि तिनीहरु ती शहरमा बस्नेछन्। उनीहरुले दाख बारीहरु लाउनेछन् अनि तिनीहरुले उब्जाऊ गरेको दाखरस पिउनेछन्, उनीहरुले बगैंचाहरु रोप्नेछन् अनि त्यसबाट फलेको फलहरु खानेछन्।