Amos 9:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “हे इस्राएलका मानिसहरू हो, तिमीहरूको जति सोच-फिक्री गर्दछु, त्यति नै म कूशका मानिसहरूबारे पनि गर्दछु। मैले तिमीहरूलाई मिश्रबाट निकालेर ल्याएझैँ पलिश्तीहरूलाई कप्तोरबाट र अरामीहरूलाई कीरबाट निकालेर ल्याएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“के तिमी इस्राएलीहरू होइनौ, जो मेरो निम्ति कूशका सन्तानजस्तै छौ?” परमप्रभु भन्नुहुन्छ। “के मैले इस्राएललाई मिश्रदेशदेखि, पलिश्तीहरूलाई कप्तोरदेखि, र अरामीहरूलाई कीरदेखि निकालेर ल्याएको होइनँ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“के तिमी इस्राएलीहरू मेरा निम्ति कूशका सन्तानजस्ता छैनौ र?” याहवेहले घोषणा गर्नुहुन्छ। “के मैले इस्राएललाई इजिप्टबाट, पलिश्तीहरूलाई कप्तोरबाट, र अरामीहरूलाई कीरबाट निकालेर ल्याएको होइन?
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “हे इस्राएली, तिमीहरु मेरा निम्ति कुश जस्तै हौ। मैले इस्राएललाई मिश्रबाट निकालेर ल्याएँ। मैले पलिश्तीहरुलाई करतोरबाट ल्याएँ। अनि अरामीहरुलाई कोरबाट।”