Amos 9:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म सार्वभौम परमप्रभुले पापी राज्य इस्राएलमाथि नजर राख्दछु। म त्यसलाई नाश गरेर पृथ्वीबाट मेटिदिनेछु। तर याकूबको सारा सन्तानलाई त होइन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमप्रभुको नजर दुष्ट राज्यमाथि परेको छ। म त्यसलाई पृथ्वीदेखि नाश गर्नेछु, तापनि याकूबको घरानालाई म बिलकुलै सर्वनाश गर्नेछैनँ,” परमप्रभु भन्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“निश्चय नै प्रभु याहवेहको दृष्टि यो दुष्ट राज्यमाथि छ। म यसलाई पृथ्वीको सतहबाट ध्वस्त गर्नेछु। तापनि म याकोबको घरानालाई सम्पूर्ण रूपले नाश गर्नेछैनँ,” याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु मेरा मालिकको! आँखाहरु पापपूर्ण राज्यमाथि छन्। परमप्रभुले भन्नुभयो, “म इस्राएललाई पृथ्वीबाट सम्पुर्ण रूपले ध्वंश पार्नेछु। तर म याकुबको घरलाई ध्वंश गर्नेछैन।”