Colossians 1:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरको ठूलो शक्तिको भण्‍डारबाट आएको शक्ति पाएर तिमीहरू बलियो होओ भन्‍ने हाम्रो प्रार्थना छ। त्‍यसो भए तिमीहरूले सबै कुरा खुसीले दिगो भएर सहन सक्‍नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँको महिमित शक्तिअनुसार आनन्‍दसाथ सबै सहनशीलता र धैर्यको लागि तिमीहरू सारा शक्तिसित बलिया होओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू उहाँको महिमित शक्तिअनुसार पूर्ण सामर्थ्यले बलिया होओ, ताकि तिमीहरूमा धेरै सहनशीलता र धैर्यता होस्।
Nepali ERV (पवित्र बाइबल)
तिमी परमेश्वरको गौरवमय शक्तिले शक्तिशाली बन्न सक्ने छौ ताकि तिमी धैर्य हुनेछौ अनि सबै कष्टहरू सहन सक्ने छौ। तब तिमीहरू खुशी हुन सक्छौ।
Nepali Tamang 2011
एनीगदेदा जस्‍तोन दुख तसैनोन ताङ्सी ताङ्सी नाबाला लागिरी परमेश्‍वरला घ्रेन शक्ति याङ्सी भङ्‍सी चिउ।